दफा
कार्यकारी परिषद्को गठन

(१) विश्वविद्यालयको देहायका सदस्यहरू भएको एक कार्यकारी परिषद् हुनेछः–

(क) उपकुलपति अध्यक्ष

(ख) रजिष्ट्रार सदस्य

(ग) डीनहरू मध्येबाट दुई जना सदस्य

(घ) सभाबाट मनोनीत शिक्षक प्रतिनिधि एक जना सदस्य

(२) उपदफा (१) को खण्ड (ग) बमोजिमका सदस्यहरू विषयगत संकायको वर्णानुक्रम अनुसार पालै पालोसित सदस्य हुनेछन् ।

(३) मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ ।